काठमाडौं । नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १३ संस्करणमा सहभागी हुने नेपाली टेबलटेनिस टोली वैदेशिक प्रशिक्षणलाई सोमबार थाइल्यान्ड प्रस्थान गर्ने भएका छन् ।
पुरुष खेलाडीमा विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे, संयोग कपाली र स्यान्टु श्रेष्ठ रहेका छन् । महिलामा नविता श्रेष्ठ, रविना महर्जन, दीक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल छन् ।
प्रशिक्षकमा विनोद शाक्य, मोहनदास बासुकला, सन्जिव ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा धर्ममान वज्राचार्य र सरिता श्रेष्ठ छन् ।
वैदेशिक प्रशिक्षणपछि टोली नोभेम्बर २५ तारिख नेपाल फर्कने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।