काठमाडौं । छैटौं दक्षिण एसियाली आमन्त्रण (आईटिएफ) तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता तेक्वान्दो खेलाडहरु सम्मानित भएका छन् । भक्तपुर आईटिएफ तेक्वान्दो संघले च्याम्पियनसिपमा पदक जित्ने भक्तपुरका खेलाडीहरुलाई शनिबार सम्मान गरेको हो ।
च्याम्पियनसिपमा भक्तपुरका ७ खेलाडीले स्वर्ण, ९ रजत र १५ कास्य हात पारेका थिए । उक्त च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको थियो ।
च्याम्पियनसिपमा भक्तपुरकी सोनी खड्काले दोहोरो स्वर्ण जितेकी थिईन् । सोनीले महिला तेश्रो डान कालो पेटीको प्याट्रनतर्फ स्वर्ण जितेकी थिईन् । सोनी टिम स्पाईरिङमा पनि नेपाललाई स्वर्ण जिताउदा टिमकी महतवपूर्ण सदस्य थिईन् । त्यस्तै महिलातर्फ अभिना राई ,सबिना लामा र अनिषा कार्कीले स्वर्ण जितेकी थिइन् ।
च्याम्पियनसिपमा पुरुषतर्फ स्वर्ण ल्याएर सम्मान हुनेमा शिशिर राई र आशिष भुजेलले स्वर्ण जितेका थिए । यस्तै महिलातर्फ सबिना तामाङ,निलिमा सुनुवार,सरु धिमिरे,रुकमणी चौधरी,अभिना राई,सबिना तामाङ र स्वेता राई तथा पुरुषतर्फ मिलन धामीर निकेश भुजेलले रजत जितेका थिए ।
यसैगरी महिलातर्फ कृतिका कुवँर र पुरुषतर्फ अनुप भण्डारी,दिपेश किश्वर राई, रमेश भूजेल,बिमल खुलाल,स्पन्धन पोखरेल,इसान मैनाली,सजन श्रेष्ठ,दिलिप आलेमगर, सौरभ धिमिरे,निपु शर्मा र राज परिवारले कास्य हितेका थिए । त्यस्तै सौरभ धिमिरे,निपु शर्मा र राज परिवारले भने दोहोरो काँस्य जितेका थिए ।
बालकोटको माउण्ड भ्यू स्कुलमा भएको कार्यक्रममा सम्मानित बिजेता खेलाडीलाई प्रमुख अतिथि सुर्य बिनायक नगरपालिकाका मेयर बासुदेब थापा, नेपाल आईटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,माउण्ट भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जन,आयोजकका अध्यक्ष आशिष कार्कीलगायतले सम्मान गरेका थिए ।