म्याराथनमा किपचोगेले रचे इतिहास
शनिबार, असोज २५, २०७६खेलपाटी संवाददाता

एजेन्सी । लामो दुरीका केन्याली धावक इलियूड किपचोगेले म्याराथनमा कीर्तिमान बनाएका छन् ।
अष्ट्रियामा भएको इनिओस च्यालेन्ज म्याराथनमा दुई घण्टा भन्दा कम समयमा दुरी पुरा गर्दै किपचोगेले कीर्तिमान बनाएका हुन् ।
३४ वर्षीय किपचोगेले ४२.२ किमिको म्याराथनमा १ घण्टा ५९ मिनेट ४० सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् ।
योसंगै किपचोगे २ घण्टा भन्दा कम समयमा म्याराथन दौड पुरा गर्ने पहिलो धावक बनेका छन् ।
तर, किपचोगे यो समयलाई विश्व कीर्तिमान मानिने छैनन् । यस प्रतियोगिता खुल्ला प्रतिस्पर्धा नरहेको कारण कीर्तिमान नमानिएको हो ।
रियो ओलम्पिकमा स्वर्ण विजेता किपचोगेले चार पटक लण्डन म्याराथन जितेका छन् ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


