काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबल टेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ ।
पुरुष÷महिला दुवैमा समान ५–५ खेलाडी छनोट भएको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, एपीएफका पुरुषोत्तम वज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का सम्योग कपाली तथा प्रहरीका सुनील महर्जन क्रमशः शीर्ष पाँच स्थानमा रहँदै छनोट भए । महिलामा शीर्ष ५ मा रहँदै छानिनेमा क्रमशः प्रहरीकी नविता श्रेष्ठ, नेपाल आर्मीकी रविना महर्जन र दक्षिा तामाङ, प्रहरीकी एलिना महर्जन तथा एपीएफकी सिका सुवाल छन् ।
पुरुषतर्फ नम्बर वान खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण अन्तिम छनोटमा सहभागी हुन पाएनन् । ‘फिट’ भएको खण्डमा श्यान्टुले शीर्ष ५ मा छनोट भएका खेलाडी सुनीलसंग पुनः छनोट खेल्न अवसर पाउने प्रथम उपाध्यक्ष वज्राचार्यले जनाएका छन् ।