काठमाडौं । बूढानीलकण्ठ पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
विशाल मिलन केन्द्र (बीएमके) द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा बूढानीलकण्ठले एनसीएचएसलाई ६७–५६ ले पराजित गर्यो । बूढानीलकण्ठका रुपेश नापितले २७ अंक जोडे ।
बूढानीलकण्ठले सुरुका तीन क्वाटरमा क्रमशः १८–१२, १०–५ र २६–२० को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटरमा एनसीएचएसले १९–१३ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।
उपाधिका लागि बूढानीलकण्ठले गोल्डेनगेट र कीर्तिपुरबीचको विजेतासंग आइतबार प्रतिस्पर्धा गर्ने छ । गोल्डेनगेट र कीर्तिपुरबीचको दोश्रो सेमिफाइनल शनिबार हुने छ । शनिबारै तय भएको दोश्रो सेमिफाइनल वर्षाका कारण रद्द गरिएको थियो ।