काठमाडौं । टेबल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ मोटरसाइकल दुर्घटनामा परेका छन् । बुधबार बिहान प्रशिक्षण सकेर कलेज जाँदै गर्दा स्यान्टु दुर्घटनामा परेका हुन् ।
स्यान्टु सवार मोटरसाइकललाई माइक्रोले ठक्कर दिदा उनि घाइते भएको टेबल टेनिस खेलाडी नविता श्रेष्ठले खेलपाटीलाई जानकारी दिईन् ।
नविताको अनुसार स्यान्टुको खुट्टामा चोट लागेको छ । उनको दाहिने खुट्टाको हड्डी भाचिएको छ । बबरमहलस्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचाररत स्यान्टुको स्थिति भने सामान्य रहेको छ ।
मोटरसाइकल दुर्घटनामा परेसँगै स्यान्टुले अब ६ हप्ता आराम गर्नुपर्ने भएको छ । ६ हप्ता कोर्टबाट बाहिरिने भएपछि नेपालमा आयोजना हुने १३ औं सागमा स्यान्टुको सहभागिता अन्योलमा परेको छ ।