काठमाडौं । गोर्खा ब्वाइजले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।
गोर्खा ब्वाइजले अन्नपूर्णलाई ५५–५० ले पराजित गर्यो । गोर्खा ब्वाइजका आयुश महर्जनले १७ अंक जोडे ।
पहिलो क्वाटरमा गोर्खा ब्वाइज १०–१२ ले पछि परेको थियो । त्यसपछिका दुई क्वाटरमा अग्रता लिएको गोर्खा ब्वाइजले १५–११ र १९–९ अंक जोड्दै जितको आधार खडा गरेको थियो । चौथो क्वाटरमा गोर्खा ब्वाइज ११–१८ ले पछि रह्यो ।
विशाल मिलन केन्द्र (बीएमके) द्वारा आयोजित प्रतियोगितामा बूढानीलकण्ठ, एसडिसी र कीर्तिपुरले जित हात पारे ।
बूढानीलकण्ठले आईस वाकरलाई ४६–४२ ले हरायो । बूढानीलकण्ठका रुपेश नापितले १६ स्कोर गरे । बूढानीलकण्ठ पहिलो क्वाटरमा १३–१५ ले पछि पर्यो भने चौथो तथा अन्तिम क्वाटर १३–१३ को बराबरीमा सकिएको थियो । बूढानीलकण्ठले दोश्रोमा १०–८ र तेश्रोमा १०–६ को प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो ।
एसडिसीले आयोजक बीएमकेलाई ६१–४९ ले पाखा लगायो । एसडिसीका राजेश ठकुरीले २२ अंक जोडे । एनसीएचएस विरुद्धको खेलमा कीर्तिपुर ५९–४७ ले विजयी भयो । कीर्तिपुरका अनिल खड्गीले १४ अंक जोडे ।