काठमाडौं । आयोजक रुपिज ईन्टरनेशनल स्कुल र युलेन्स स्कुलले हाई स्कुल थ्री अन थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
छात्रातर्फ रुपिजले संस्कृति र छात्रतर्फ युलेन्सले नामीलाई पराजित गर्दै उपाधि जिते । विजेता रुपिज र युलेन्सले समान २०/२० हजार नगद प्राप्त गरे । उपविजेता बनेका संस्कृति र नामीले १५/१५ हजार प्राप्त गरेको छ ।
छात्रातर्फ रुपिजकी हिशी चोन्देन बिष्ट र छात्रतर्फ स्पन्दन प्रधान उत्कृष्ट खेलाडी चुनिए ।
प्रतियोगितामा आयोजकको सहित ९ छात्र र ६ छात्रा टिमको सहभागिता रहेको थियो ।