काठमाडौं । ईन्डोनेसियाको योकर्ता सहरमा जारी २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाईनल प्रवेश गरेको छ ।
नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यले भरखरै पठाएको समाचार अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३ – ० ले पराजित गर्दै फाईनल यात्र तय गरेको हो ।
नेपाली महिला टोली लिग चरणमा मकाउ र ईरानसंग समान ३ – ० ले नै पराजित भएको थियो ।
यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३-१ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल लाल मल्ल भने पराजित भएका थिए ।
मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसंग ३-० ले पराजित भएको छ ।