एजेन्सी । स्पेनले फिबा बास्केटबल विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले उपाधि जितेको हो ।
चीनको बेइजिङमा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई ९५-७५ अंकले हरायो ।
योसँगै स्पेनले १३ वर्षपछि बास्केटबलमा ठुलो उपाधि जितेको छ । स्पेनले सन् २००६ को विश्वकपपछि उपाधि जितेको थिएन् ।
स्पेनको यो दोस्रो विश्वकप उपाधि समेत हो ।
विजेता स्पेनसँगै उपविजेता अर्जेन्टिना जापानमा आगामी वर्ष हुने टोकियो ओलम्पिकका लागि समेत छनोट भएको छ ।