काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा सहभागि हुने खेलको संख्या निर्धारण गर्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको कार्यकारिणी बैठक काठमाडौंमा सुरु भएको छ ।
शनिबार काठमाडौंमा सुरु बैठकमा दक्षिण एसियाका सात राष्ट्रका प्रतिनिधि सहभागि छन् । बैठकले अर्को बर्ष नेपालमा आयोजना हुने १३ औ साग प्रतियोगितामा समावेश गर्ने खेल संख्या र समावेश गरिने स्पर्धाको बिषयमा अन्तिम टुङ्गो लगाउनेछ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठका अनुसार नेपाल सरकारको आग्रहमा सागमा थपिने खेल संख्याको बिषयमा बैठकले औपचारिक निर्णय गर्नेछ । खेलपाटीसंग कुरा गर्दै उनले सागमा समावेश हुने विभिन्न खेलको स्पर्धामा समेत बैठकले सहमती जुटाउने बताए ।
यसअघिको बैठकले १३ औ सागमा २५ खेल समावेश गर्ने निर्णय गरेको थियो । प्रतियोगिता अर्को बर्ष मार्च ९ देखी १८ सम्म काठमाडौंमा हुदैछ ।
बैठकको निर्णय भोली पत्रकार सम्मेलन गरेर जानकारी गराईने नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।