म्याराथनमा राजपुराको प्रदर्शनमा सुधार
आइतबार, ०८ भाद्र २०७६खेलपाटी संवाददाता

तस्विर : निलेन्द्र राज श्रेष्ठ
काठमाडौं । नेपाली धाविका राजपुरा पछाईले जापानमा भएको हाकाईदो म्याराथनमा आफ्नो प्रदर्शनमा सुधार गरेकी छिन् ।
आइतबार भएको महिलातर्फको म्याराथनमा राजपुराले निर्धारित दुरी २ घण्टा ५६ मिनेटमा पुरा गरिन् । उनको यो प्रदर्शनमा सुधार हो । राजपुराले आठौं राष्ट्रिय खेलकुदमा २ घण्टा ५९ मिनेट ३८ सेकेण्डको समय निकालेर स्वर्ण जितेकी थिइन् । समग्रमा उनी १८ औं स्थानमा रहिन् ।
नेपालका अर्का खेलाडी होमलाल श्रेष्ठले भने आफ्नो प्रदर्शनमा सुधार गर्न सकेनन् । होमले निर्धारित दुरी २ घण्टा ३२ मिनेट ३६ सेकेण्डको समय निकाले । समग्रमा होम ६१ औं स्थान रहे ।






-1765118145135.jpg&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)




