हाकाईदो म्याराथनमा होम र राजपुराले प्रतिस्पर्धा गर्ने
सोमबार, भदौ २, २०७६खेलपाटी संवाददाता

काठमाडौं । जापानमा आयोजना हुने हाकाईदो म्याराथनमा नेपालका होमलाल श्रेष्ठ र राजपुरा पाछिले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जापानको हाकाईदोमा अगष्ट २१ देखि २६ सम्म चल्ने म्याराथनमा होम र राजपुराले फुल म्याराथनतर्फ प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको लागि दुई खेलाडीसहित ४ सदस्सीय नेपाली टिम जापान जानेछन् ।
नेपाली टोलीको प्रशिक्षकमा धनी राम चौधरी र एनओसीका स्टाफ आयुस जोशी जापान जाने छन् । नेपाली टिम मंगलबार त्यसतर्फ जाने छन् ।
नेपाली टोलीलाई सोमबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, पूर्व खेलकुद मन्त्री दलजित श्रीपाईली, एनओसी सदस्य निलेन्द्र श्रेष्ठ लगायतले विदाई गरे ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


