शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

उमर र धनमायाले जिते स्वर्ण

सोमबार, ३२ असार २०७५खेलपाटी संवाददाता
उमर र धनमायाले जिते स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालका मोहम्मद उमर खान र धनमाया सिन्जालीले दक्षिण कोरियामा भएको १२ औं विश्व तेक्वान्दो कल्चरल एक्सो तथा च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

उमरले फाइटिङको ४८ केजी तौलसमूहमा स्वर्ण हात पारेका हुन् । पुम्सेमा भने उनले कास्य पदक हात पारे । धनमायाले महिला फाइटकै ६३ केजीमुनि तौलसमूहमा स्वर्ण जित्न सफल भएकी थिइन् ।

यस्तै नेपालका लागि सहवीर जंग रावल, उज्वल श्रेष्ठ र रेखमाया गुरुङले फाइटमा थप स्वर्ण जिते। सहवीरले ४० केजी तौलमा स्वर्ण जित्दा पुम्सेमा रजत पदकमै चित्त झुाए । उज्वलले पनि ६८ केजी तौलसमूहमा स्वर्ण जित्दा पुम्सेमा कांस्य पदकमै सीमित भए । रेखमायाले ६७ केजी स्वर्ण जित्दा पुम्सेतर्फ रजत हात पारिन् ।

पुरुष फाइटिङको ६३ केजी तौलसमूहमा फाइनलमा पुगेका दिपेन्द्र बहादुर नेपालीले उत्कृष्ट प्रतिस्पर्धा गरे पनि चोट बोकेपछि रजत पदकमै चित्त बुझाउन बाध्य भए । दीपेन्द्रले पुम्सेतर्फ भने कांस्य पदक जितेका थिए ।

यस्तै फाइटतर्फ पुरुष ४५ केजीमा सागर बराल र ४८ केजीमा रोनिस पौडेलले नेपालका लागि रजत पदक जित्नै सफल भए । दुवैले पुम्सेतर्फ कांस्य जितेका थिए । पुरुष फाइटिङकै ५४ केजीमा कांस्य जितेका अब्बास खानलदे पुम्सेमा पनि कांस्य पदकमै सीमित भए । जिप्सन नेपालले फाइटिङको ४० केजीमा र पुम्सेमा १–१ जित्न सफल भए । महिलाको ५३ केजी तौलसमूहको फाइटिङमा मेलिना गुरुङले कांस्य पदक जितिन् ।

कोरियाको मुजु सहरमा जारी प्रतियोगितामा नेपाली टोलीले ५ स्वर्ण, ५ रजत र १० कांस्य गरी कुल २० पदक जित्न सफल भएको छ ।

यस्तै च्याम्पियनसिपको दौरान आयोजकले नेपालका हेड अफ टिम खानलाई नगद १ लाख र प्रसंशापत्रबाट सम्मान गरेको छ ।

अब नेपाली टोली च्याम्पियनसिप पश्चात थाइल्यान्डको बैंककमा आगामी २२ जुलाईमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो सेमिनारमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रामेछापमा आइटिएफ रेफ्री सेमिनार सम्पन्न

रामेछापमा आइटिएफ रेफ्री सेमिनार सम्पन्न

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा