एजेन्सी । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबलको २१ औं संस्करण आइतबार सम्पन्न भयो । रुसमा सपन्न विश्वकपको उपाधि फ्रान्सले हात पार्यो । फाइनलमा क्रोएसियालाई ४ – २ ले हराउदै फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि हात पार्यो ।
एक महिना चलेको रुस विश्वकप १२ रंगशालामा भएको थियो । जसमा उपाधिको लागि ३२ राष्ट्रले ६४ खेल खेलेका थिए । यो पटक उपाधि दाबेदार मानिएका टोलीहरु फाइनल पुग्नै सकेनन् । केहि समूह चरण र केहि अन्तिम १६ बाट बाहिरिए । यो पटकको विश्वकप अण्डर डग टोलीले तहल्का मच्चाए ।
रुस विश्वकपमा के के भयो ? तल हेर्नुस रुस विश्वकपको तथ्यांक –
- ३२ राष्ट्र सहभागी, २०९ राष्ट्र छनोटमा सहभागी
- १२ रंगशालामा ६४ खेल
- कुल गोल १६९, प्रत्येक खेलमा औषत २.६ का दरमा गोल
- पेनाल्टीमा २२ गोल, सर्वाधिक १२ आत्मघाती गोल
- ह्याट्रिक गर्ने खेलाडी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंग्ल्यान्डका ह्यारी केन
- ४ रेडकार्ड, २१९ पहेलो कार्ड, क्रोएसिया सर्वाधिक धेरै पहेलो कार्ड पाउने टिम (१५ पहेलो कार्ड)
- ७ खेलाडी पेनाल्टीमा गोल गर्न असफल, फ्रिकिकमा ६ खेलाडीको गोल
- ४९ हजार ६५१ पास
- सर्वाधिक गोल गर्ने टिम बेल्जियम, कुल १६ गोल
- सर्वाधिक आक्रमण गर्ने टोली क्रोएसिया, ३५२ आक्रमण
- ३ हजार ३३६ पाससहित इंग्ल्यान्ड उत्कृष्ट पास खेल्ने टोली
- उत्कृष्ट डिफेन्स खेल्ने टोली क्रोएसिया, ३०१ पटक किल्यर, बचाऊ र ट्याकल
- ब्राजिलका नेयमार बिपक्षिको पोष्टमा सर्वाधिक बढी आक्रमण गर्ने खेलाडी, २७ आक्रमण
- सर्वाधिक बचाऊ गर्ने किपर बेल्जियमका थिबाउट कोर्टियस, २७ बचाऊ
-सर्वाधिक गोल भएको खेल बेल्जियम भर्सेस ट्युनिसिया, कुल ७ गोल
-सेमिफाइनल पुग्ने चारै टोली युरोपियन
- गोल्डेन बुट बिजेता ह्यारी केन, गोल्डेन बल बिजेता लुका मोड्रिच, गोल्डेन ग्लोभ्स थिबाउट कोर्टियस, युवा खेलाडी केलियन एमबाप्पे
- पुरस्कार राशिमा ४० प्रतिशतले वृद्धि , बिजेतालाई ट्रफीसंगै २९ मिलियन पाउण्ड, दोस्रोले २१ मिलियन पाउण्ड र तेस्रो हुनेले १८ मिलियन पाउण्ड ।
- पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग
- क्रिस्टियानो विश्वकपमा ह्याट्रिक गर्ने सर्वाधिक पाका खेलाडी (३३ बर्ष १३१ दिन)
- उरुग्वेका प्रशिक्षक ओस्कार ताबरेज विश्वकपकै सबैभन्दा बढी उमेरका प्रशिक्षक (७१ बर्ष)
- इजिप्टका गोलकिपर असाम अल हैदरी विश्वकप फुटबलकै सर्वाधिक उमेरका (४५ बर्ष १६१ दिन)
- विश्वकपको फाइनलमा आत्मघाती गोल र गोल गर्ने दोस्रो खेलाडी क्रोएसियाका मारियो मान्डुज्की
-फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प दुई भूमिकामा (खेलाडी र प्रशिक्षक ) फिफा विश्वकप फुटबल जित्ने तेस्रो व्यक्ति
- राफेल भेराने एकै बर्ष च्याम्पियन्स लिग र विश्वकपको फाइनल खेल्ने फ्रान्सका पाँचौ खेलाडी
- केलीयन एमबाप्पे ब्राजिलका पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो कम उमेरका खेलाडी
- पाउल पोग्बा विश्वकपको फाइनलमा गोल गर्ने म्यानचेस्टर युनाइटेडको पहिलो खेलाडी र सन् १९९८ पछि गोल गर्ने पहिलो प्रिमियर लिगका खेलाडी
- ब्राजिलका नेयमार र फिलिपे कौटिन्हो रुस विश्वकपकै सर्वाधिक साझेदारी गर्ने टिम
- फ्रान्सका ओलिभर जेरुड ५४६ मिनेटसम्म एक पटक पनि बिपक्षिको पोस्टमा आक्रमण गर्न नसक्ने खेलाडी
- यो विश्वकपको समूह चरणमा धेरै पेनाल्टीहरु प्रदान गरियो, भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणाली लागु भएपछि यो विश्वकपमा बढी पेनाल्टी प्रदान
-रुस विश्वकपमा गोल खडेरी भएन, विश्वकपमा पहिलो पटक सबै राष्ट्रले गोल गर्न सफल
- सेनेगलका युवा खेलाडी मौस्सा वागुए विश्वकपमै गोल गर्ने सर्वाधिक कम उमेरका अफ्रिकन खेलाडी (१९ बर्ष २३६ दिन)