एजेन्सी । फिफा विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले जितेको छ । क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि हात पारेको हो ।
फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र केलियन एमबाप्पेले एक एक गोल गरे । फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो । क्रोएसियाका इभान पेरिसिक र मारियो मान्डुज्कीले एक एक गोल फर्काएका थिए । क्रोएसियाका मान्डुज्कीले नै आत्मघाती गोल गरेका थिए ।
फ्रान्सले विश्वकप जित्दाको क्षण तस्बिरमा -
तस्विर : एजेन्सी