एजेन्सी । फुटबल घर फर्किएन । अर्थात इङल्याण्डले विश्वकप नजित्ने निश्चित भयो । तर, विश्वकपको उपाधि नजिकैको ढोकाबाट जाँदैछ ।
अर्थात, इङ्ल्याण्डको छिमेकी फ्रान्सलाई विश्वकपको साभ्रान्त टोलीको सूचीमा छिर्ने अवसर प्राप्त छ । आईतबार राति क्रोएसियाविरुद्ध भिड्दै गर्दा फ्रान्सलाई दोस्रो पटक विश्वकपको उपाधि जित्ने अवसर छ ।
ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना र उरुग्वेले मात्र एक भन्दा बढी पटक विश्वकपको उपाधि उचालेका छन् । तर, फ्रान्सले अन्तिम चुनौतीलाई चिर्न सक्न पर्छ । जसरी सन् २०१६ को युरोकपमा फ्रान्सेली टोली चुकेको थियो ।
प्रशिक्षक डिडियर डेसच्याम्प फ्रान्सेली टोली लयमा आएको दाबी गर्छन् । ‘यस गतिले हिमाल चढ्न सक्छ । उनीहरु युवा छन् र विगतका बर्षभन्दा अहिले अझै बलियो भएका छन् ।’
‘विश्व च्याम्पियन बन्न हामीले अवसरहरुको सिर्जना गर्न आवश्यक छ । तर हामीले अहिलेसम्म त्यहाँ पुगेका छैनौ । तर, हामी आफ्नो नियतीलाई पुरा गर्न चाहन्छौ ।’ उनले भने ।
यदी खेल क्रोएसियाको पक्षमा गए, विश्वकप जित्ने नवौं राष्ट्र बन्नेछ । मात्र ४३ लाख जनसंख्या र रुसी सहर मस्कोभन्दा एक तिहाई आकारको क्रोएसिया विश्वकप जित्ने उरुग्वेपछिको दोस्रो सानो राष्ट्र बन्नेछ । उरुग्वेले सन् १९३० र १९५० को विश्वकप जितेको थियो ।
क्रोएसियाका प्रशिक्षक ज्लाटको डालिस भन्छन्, ‘यस विश्वकपमा ठुलो देशका विश्वास गर्ने स्टारहरुको टिम समुन्द्रका तटमा छन् । तर, एक जटिल र संयुक्त टिमले अहिले पनि लडिरहेको छ, केही पाउन ।’
प्रशिक्षक डालिस थप्छन्, ‘यो पटकको विश्वकप अजीव रह्यो । फुटबल यसरी विकास भईसकेको छ कि कुनैपनि टिमसंग एउटा राम्रो तरिकाको प्रतिरक्षा गर्न सक्छ । जितको कुनै ठुलो अन्तर छैन र टिम नै सबै बनेको छ ।’
प्रशिक्षक डालिस टिमको एकताबाट निकै खुसी छन् । जसले टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त पनि छन् । ‘विगत १० बर्ष हाम्रो समस्या यही थियो । हामीसंग ब्यक्तिगत रुपमा उत्कृष्ट खेलाडी थिए तर एकता थिएन । त्यसैले मेरो उदेश्य टिमलाई एकताबद्ध बनाउनु थियो ।’ उनी खुलासा गर्छन् ।
दुवै टोलीको इतिहास पल्टाउदा फ्रान्स बलियो देखिन्छ । यस अघिका पाँच भिडन्तमा तीन पटक फ्रान्स विजयी छ । दुवै टोली यसअघि मुख्य दुई प्रतियोगितामा भिडेका छन् ।
सन् १९९८ को विश्वकपको सेमिफाईनलमा एक गोलले पछि परेको स्थितीलाई उल्ट्यादै फ्रान्सले २–१ को जित निकालेको थियो ।
सन् २००४ मा भएको युरोकपको समुह चरणमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । सन् २०११ म भएको मैत्रीपूर्ण खेलमा गोल रहित बराबरीमा सकिएको थियो ।
फ्रान्सका मिडफिल्डर ब्लेज माटुईडी बेल्जियमका प्लेमेकर इडेन हजार्डसंग ठोक्किदा लागेको चोटका बाबजुत मैदान फर्कन तयार छन् ।
क्रोएसियाका प्रशिक्षक डालिकलाई केही साना चोटहरुले सताउनेछन् । विङ्गर इभान पेरिसिक चोटका कारण आराममा छन् । उनले शुक्रबारको प्रशिक्षण शत्र गुमाएका थिए ।