काठमाडौं । तेस्रो संस्करणको पाँचपोखरी ट्रेल हाफ म्याराथन साउन अन्तिम साता आयोजना हुने भएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन साउन ३० गते आयोजना हुने जनाएको छ।
‘पर्यटन प्रवर्दनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ आयोजना हुने म्याराथन पाँचपोखरी गाउँपालिकाको धार्मिक तथा ऐतिहासिकस्थल पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्म २१ किलोमिटरको हुनेछ ।
प्रतियोगितामा विभागीय टिमहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसहितका गरि १५५ जना खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको दुवैतर्फ विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार पाउने छन् । चौंथोले १० र पाँचौले ५ हजार पाउने पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टासी लामाले जानकारी गराए ।
यस्तै सिन्धुपाल्चोकबाट सहभागी खेलाडीको विजेताले १५ हजार, उपविजेताले १० र तेस्रोले ५ हजार पाउने आयोजकले जनाएको छ ।