एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अहिले इङ्ल्याण्ड र बेल्जियमले तेस्रो स्थानको लागि खेलिरहेको छ । पहिलो हाफको खेल सकिदा इङ्ल्याण्डविरुद्धको बेल्जियमले अग्रता लिएको छ ।
सेन्ट पिटर्सबर्गमा खेलको चौथों मिनेटमा थोमस मुनिएरले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
समूह चरणमा प्रतिस्पर्धा गरेका दुवै टोली सेमिफाईनलको खेलमा पराजित भएसंगै तेस्रो स्थानकालागि भिड्न लागेका हुन् ।
बेल्जियम सेमिफाईनलमा फ्रान्ससंग पराजित भएको थियो । इङ्ल्याण्डले क्रोएसियाविरुद्धको खेल हारेको थियो ।
आजको खेललाई ह्यारी केन र रोमेलु लुकाकुबीचको भिडन्तको रुपमा समेत हेरिएको छ ।
दुवै गोल्डेन बुटका दाबेदार हुन् । लुकाकुले ४ गोल गरेका छन् । केनले ६ गोल गरेका छन् ।