एजेन्सी । विश्वकप फुटबलको तेस्रो स्थानकालागि भएको खेलमा इङ्ल्याण्डविरुद्धको बेल्जियमले अग्रता लिएको छ । खेलको चौथो मिनेटमा थोमस मुनिरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका छन् ।
समुह चरणमा प्रतिस्पर्धा गरेका दुवै टोली सेमिफाईनलको खेममा पराजित भएसंगै तेस्रो स्थानकालागि भिड्न लागेका हुन् ।
बेल्जियम सेमिफाईनलमा फ्रान्ससंग पराजित भएको थियो । इङ्ल्याण्डले क्रोएसियाविरुद्धको खेल हारेको थियो ।
आजको खेललाई ह्यारी केन र रोमेलु लुकाकुबीचको भिडन्तको रुपमा समेत हेरिएको छ ।
दुवै गोल्डेन बुटका दाबेदार हुन् । लुकाकुले ४ गोल गरेका छन् । केनले ६ गोल गरेका छन् ।