एजेन्सी । विश्वकप फुटबलको तेस्रो स्थानकालागि बेल्जियम र इङ्ल्याण्डबीचको खेल सुरु भएको छ ।
समुह चरणमा प्रतिस्पर्धा गरेका दुवै टोली सेमिफाईनलको खेममा पराजित भएसंगै तेस्रो स्थानकालागि भिड्न लागेका हुन् ।
बेल्जियम सेमिफाईनलमा फ्रान्ससंग पराजित भएको थियो । इङ्ल्याण्डले क्रोएसियाविरुद्धको खेल हारेको थियो ।
आजको खेललाई ह्यारी केन र रोमेलु लुकाकुबीचको भिडन्तको रुपमा समेत हेरिएको छ ।
दुवै गोल्डेन बुटका दाबेदार हुन् । लुकाकुले ४ गोल गरेका छन् । केनले ६ गोल गरेका छन् ।