एजेन्सी । रुस विश्वकप फुटबलमा आज (शनिबार) एक खेल हुँदैछ । रुस विश्वकप फुटबलमा आज सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने खेलमा बेल्जियम र इंग्ल्यान्डले तेस्रो स्थानको लागि खेल्ने छन् । खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ । र, दुवै टोली मैदान उत्रदा तेस्रो स्थान हासिल गर्नु हुनेछ ।
रुस विश्वकपको एकै समूहमा रहेका दुई टोलीले दोस्रो पटक खेल्न लागेका हुन् । समूह चरणमा बेल्जियमले इंग्ल्यान्डलाई १ – ० ले हराएको थियो । बेल्जियम समूह बिजेता र इंग्ल्यान्ड उपविजेता बनेको थियो ।
सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १ – ० ले पराजित भएको थियो । इंग्ल्यान्ड क्रोएसियासंग २ – १ ले पराजित हुँदै बेल्जियमसंगको भेट पक्का गरेको थियो ।