काठमाण्डौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार नेपालकी सोनी खड्का र तुलसा राजथलाले स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोनीले महिला सिनियर ब्लक बेल्ड तेस्रो डानमा स्वर्ण जित्दा तुलसाले महिला सिनियर ब्लक बेल्ड चौथो डानमा स्वर्ण हात पारेकी हुन् । त्यस्तै महिला सिनियर ब्लक बेल्ड दोस्रो डानमा निस्मा बस्यालले स्वर्ण हात पारिन् । पुरुष सिनियर ब्लक बेल्ड पाँचौ डानमा नेपालका खेमवहादुर क्षेत्रीले स्वर्ण जिते ।
तीन दिने प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्कि्मिनिस्तानका ६ सय खेलाडीले १५० स्वर्ण,१५० रजत र ३ सय कास्य पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह,तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा इभेन्टहरु समाबेश गरिएको छ ।
नेपाल इन्टरनेसनल तेक्वान्दो(आईटिएफ) संघको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दवहादुर पुनले गरेका थिए । उद्घाटनका अवसरमा आयोजक नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलाले उपराष्ट्रपति पुन समक्ष मायाको चिनो प्रदान गरेका थिए ।
यस्तै उपराष्ट्रपति पुनले युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार(बिश्वकर्मा)नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ,संघीय सभासद् नारायण प्रसाद खतिवाडा,पुर्व मन्त्री कर्ण थापालगायतलाई मायाको चिनो प्रदान गरेका थिए ।
भिडियोसहित -