आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

विश्वकपमा बंगाली 'टाइगर्स'को छाप

बिहिबार, २६ असार २०७६विश्वास थापा
विश्वकपमा बंगाली 'टाइगर्स'को छाप
mustang rice ad

काठमाडौँ । क्रिकेट खेलको चरित्रनै गज्जबको हुने । एक्लो बलमा केही नलाग्ने । खेल जित्न पुरै टिमको उत्तिकै मेहनत चाहिने । उस्तै दम र जोश चाहिने ।

एक्लैले खेलको नक्सा बदल्न मिल्ने भए सायद बंगलादेशले विश्वकपमा कोर्ने चित्र र तय गर्ने बाटो पक्कै फरक हुने थियो ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी विश्वकपनै हेरौ न ।

बंगलादेशले विश्वकपमा सेमिफाईनलको यात्रा समेत तय गर्न सकेन । बंगलादेश भने ९ खेलबाट ७ अंक मात्र जोड्दै सातौं स्थानमा रह्यो ।

ICC World Cup 2019,Bangladesh vs Afghanistan,Shakib Al Hasan

तर, समग्रमा बंगलादेशको प्रदर्शन विश्वकपमा उत्कृष्ट रह्यो । जारी विश्वकपमा बंगलादेश मात्र एक राष्ट्र हो, जसले ३ सय भन्दा माथिल्लो लक्ष्य पुरा गर्यो । वेष्ट इण्डिजबिरुद्द ३ सय २२ रन फराकिलो लक्ष्य मात्र ४१ ओभर १ बलमा ३ विकेट गुमाएर उसले पुरा गरेको थियो ।

खेलका हिरो थिए, शकिब अल हसन ।

शकिब उनै खेलाडी थिए, जो विश्वकप अघि आईसीसी एक दिवसीय बरियताको अलराउण्डरतर्फ शीर्ष स्थानमा छन् । म्यान अफ द म्याच बनेका उनले सो खेलमा ९९ बलमा १६ चौका प्रहार गर्दै १ सय २४ रनको अविजित शकतीय इनिङ्स खेलेका थिए ।

३२ बर्षे शकिबको एक दिवसीय विश्वकप यात्रा लगभग सकिएको छ । करिब अन्तिम विश्वकप खेल्दै गरेका उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । शकिबले विश्वकपका केही रेकर्ड समेत आफ्नो नाममा दर्ता गराए ।

बंगलादेशका मुख्य खेलाडी रहेका शकिबले लिगका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नो राष्ट्रलाई सेमिफाइनल सम्म पु¥याउन सकेनन् । उनले ८ खेलमा २ शतक र ५ अर्धशतक प्रहार गरेका थिए । उनी मात्र एक खेलमा अर्धशतकबाट ९ रनले चुकेका थिए । प्रतियोगिताभर उनले ११ विकेट समेत हात पारेका छन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा समेत शकिब पाँच भित्र अटाएका छन् ।

शकिबले ८ खेलमा ८६ दशमलब ५७ को औसतमा ६ सय ६ रन प्रहार गरे ।

सेमिफाइनल नपुग्दा पनि शकिबले एकै विश्वकप सर्वाधिक रन बनाउने पाँचौ खेलाडी बनेका छन् । उनी भन्दा अघि भारतका सचिन तेन्दुलकरले सन् २००३ मा ६ सय ७३ र अस्ट्रेलियाका म्याथु हेडेनले सन् २००७ मा ६ सय ५९ रन बनाएका थिए । त्यस्तै तेस्रो नम्बरमा रोहितले सन् २०१९ को विश्वकपमा ६ सय ४८ रन र चौथो नम्बरमा अष्ट्रेलियाको डेबिड वार्नरले ६ सय ४७ रन बनाएका छन् ।

शकिब विश्वकपमा ६ सय रन पुरा गर्ने पहिलो तथा एकल नन ओपनिङ ब्याट्सम्यान बनेका छन् । हालसम्म शाकिब बाहेक बंगलादेशका कुनै पनि खेलाडीले विश्वकपमा हजार रन पुरा गर्न सकेका छैनन् । यस्तो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको टिम सेमिफाइनलमा नपुग्नु समर्थक मात्र नभएर स्वयम शकिबका लागि समेत ठुलो अन्याय हो ।

कहाँ चुक्यो त बंगलादेश ?

क्रिकेटमा खेलको नतिजालाई धेरै कुराले प्रभावित बनाउछ । खेलाडी जति सुकै लयमा होस, साना गल्तीले खेलको नतिजानै फरक पारिदिन्छ ।
यसपटकको विश्वकपमा बंगलादेशको कमजोरी बलिङमा देखियो ।

एसियाको देशलाई इंग्ल्याण्डको पिचमा कमै सहयोग मिल्ने गर्छ । प्रतियोगिताका अन्तिम २ खेलमा ५ विकेट हात पारेका मुस्ताफिजुर रहमानले समग्रमा २० विकेट हात पारे । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने अस्ट्रेलियाका मिचेल स्टार्क भन्दा पछाडी रहे ।

अन्य खेलाडीले प्रतियोगितामा उत्कृष्ट बलिङ प्रदर्शन गर्न सकेनन् । सायद एसिया बाहेक प्रतियोगिता भएकाले बंगलादेशी बलरलाई समस्या पर्न गयो ।
विश्वकप एसियाली राष्ट्रमा भएको भए ?

सायद बंगलादेश सेमिफाइनल पुग्न सक्थ्यो, उसले प्रर्दशनले हामी कल्पना चाही गर्न सक्छौ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

रिषभ फेरि घाइते

रिषभ फेरि घाइते

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित