बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

बुधबार, कार्तिक १३, २०८२खेलपाटी संवाददाता
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी
Classic Tech Internet Ad

काठमाडौं। आगामी नोभेम्बर १८ मा ढाकास्थित किङ्स एरिनामा एएफसी एसियन कप छनोटअन्तर्गत अफगानिस्तान र म्यानमारबीचको खेल हुने तय गरिएको थियो।

त्यसअघि नोभेम्बर १३ मा अफगानिस्तानले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको थियो। तर, सबै तयारी पूरा भएपछि पनि दुवै खेल अन्ततः रद्द हुने अवस्थामा पुगेका छन्।

मुख्य समस्या भने म्यानमारले सुरु गरेको हो। अफगानिस्तानले आफ्नो ‘होम म्याच’ बंगलादेशमा राखेको थियो। तर, अफगानिस्तानविरुद्ध बंगलादेशमा खेल्न म्यानमारले अस्वीकार गरेको हो। त्यसपछि अफगानिस्तान र एसियन फुटबल कन्फेडरेसन (एएफसी) नयाँ भेन्यु खोज्न थालेका छन्। म्यानमारले केही कारण देखाउँदै ढाकामा खेल्न अस्वीकार गरेको जनाइएको छ।

एएफसीको वेबसाइटमा पनि नोभेम्बर १८ मा किङ्स एरिनामा अफगानिस्तान–म्यानमार खेल हुनेछ भन्ने विवरण उल्लेख थियो। त्यसपछि एएफसीले फेरि भेन्यु परिवर्तनको तयारी गरेपछि प्रश्न उठेको छ — के म्यानमारको प्रभावका कारण एएफसीले निर्णय बदलेको हो? विशेषगरी एएफसीका वरिष्ठ उपाध्यक्षको रूपमा म्यानमारका एक फुटबल अधिकारी रहेका कारण यस्तो चर्चा बढेको हो।

त्यस्तै, बंगलादेश फुटबल फेडरेसन (बीएफए) भित्र पनि आलोचना भइरहेको छ। एएफसी कार्यसमितिका सदस्य र महिला विभाग प्रमुख महफुजा अख्तर किरणले बंगलादेशी क्लबहरू (जस्तै, अबाहनी, बसुन्धरा किङ्स) र राष्ट्रिय टिमले एएफसी प्रतियोगितामा भोग्ने समस्यामा कहिल्यै स्पष्ट भूमिका किन खेल्दिनन् भन्ने प्रश्न उठ्दैछ।

म्यानमारले अस्वीकार गरेपछि अफगानिस्तान पनि बंगलादेश नआउने भएको छ। त्यसैले १३ नोभेम्बरको बंगलादेश–अफगानिस्तान मैत्रीपूर्ण खेल रद्द भएको छ।

अहिले बीएफएले आगामी १८ नोभेम्बरमा हुने बंगलादेश–भारत एसियन कप छनोट खेलअघि तयारी खेलका लागि नयाँ प्रतिद्वन्द्वी खोज्ने प्रयास थालेको छ।

नेपालसँग कुराकानी अघि बढाइएको बीएफए स्रोतले जनाएको छ। नेपालले १८ नोभेम्बरमा आफ्नै ‘होम’ खेल खेल्नुपर्ने भए पनि भेन्यु नपाउँदा मलेसियाको क्वालालम्पुरमा आफ्नो खेल खेल्नेछन्।

त्यसअघि उनीहरूलाई ढाकामा ल्याएर मैत्रीपूर्ण खेल खेलाउने प्रयास भइरहेको छ। नेपालले गत सेप्टेम्बरमा घरेलु मैदानमा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल राखेको थियो।

६ सेप्टेम्बरमा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। ९ सेप्टेम्बरमा तल भएको अर्को खेल भने जेनजी आन्दोलनका कारण एक दिन अगाडि नै रद्द भएको थियो।

एएफसीले पूर्व स्वीकृत गरेको ढाकास्थित अफगानिस्तान–म्यानमार खेल अब हुने छैन भन्नेबारे कुनै देशले आधिकारिक बयान नदिए पनि बीएफएभित्र अनौपचारिक रूपमा यो कुरा पुष्टि भएको बताइएको छ।

अहिले वैकल्पिक प्रतिद्वन्द्वी खोज्ने तयारी सुरु गरिसकेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 ‘ए’ डिभिजन लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

‘ए’ डिभिजन लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

Bajaj Pulsar Motorcycle Ad
 ‘ए’ डिभिजन लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

‘ए’ डिभिजन लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

पहिलो हाफमा नेपालको पुनरागमन

पहिलो हाफमा नेपालको पुनरागमन

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी