एजेन्सी । विश्वकप फुटबल अन्तर्गत सेमिफाईनलमा इङ्ल्याण्ड र क्रोेएसियाबीचको खेल सुरु भएको छ । रुसको लुजनिकी रंगशालामा अहिले पहिलो हाफको खेल चलिरहेको छ ।
दुवै टोली आजको खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् । दुवै टोलीको लक्ष्य सेमिफाईनल जित्दै फ्रान्ससंगको उपाधि भिडन्त पक्का गर्नु हुनेछ ।
इङ्ल्याण्डले स्विडेन र क्रोएसियाले रुसलाई पराजित गर्दै अन्तिम ४ को यात्रा तय गरेका थिए ।