काठमाडौं । न्युजिल्याण्डमा आयोजना हुने विलिङटन उर्बान अल्ट्रा म्याराथनमा चार नेपाली भेट्रान खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आगामी जुलाई १३ र १४ मा आयोजना हुने विलिङटन उर्बान अल्ट्रा म्याराथनमा चार भेट्रान पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट मनिस जोशी र दिपेन्द्र कुमार गोइतले टिम रिलेमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै जयराम खड्काले ४३ किमि र गोविन्द श्रेष्ठले ६२ किमिको म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा भैरब शाही रहेका छन् ।
न्युजिल्याण्ड जाने नेपाली टोलीलाई नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटिले शुक्रबार विदाई गरेको छ ।
नेपाली टोलीलाई काठमाडौं जिल्ला बिकास समन्वय समितिका प्रमुख शिव सुन्दर राज बैद्य, कमिटिका अध्यक्ष जी.एन दाइ शर्मा लगायतले विदाई गरेका थिए । नेपाली टिम आइतबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।
नेपाली भेटान्स टोलीले विगतमा सफलताको शिखर चुमी सकेको छ । जापानमा आयोजना भएको एशियाली भेटान म्यारथनमा धर्मराज महर्जनले १० हजार मिटरमा कास्य पदक प्राप्त गरेका थिए ।
यस्तै ताईवानमा भएको एशियन च्याम्पियनसिपमा ४५ बर्ष उमेर समूहमा १० हजार मिटरमा कास्य, भारतको बेगलोरमा भएको एशियन प्रपतयोगितामा कुर्सिद अहमद खानले ज्याभ्लिन थ्रोमा कास्य र रामकृष्ण महर्जनले रोड रेसमा स्वर्ण हात पारेका छन् । यस्तै एकलाल श्रेष्ठले बिश्व मास्टर ईन्डोर च्याम्पियनसिपमा छैटौं स्थान हात पारेको टोली नेता भैरव शाहीले जानकारी गराए ।