काठमाडौं । पाहुना टोली इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको टी ट्वान्टी सिरिज एक खेल अगावै जितेको छ ।
क्यानबेराको मनुका ओभलमा बुधबार भएको तीन खेलको टी ट्वान्टी सिरिजको दोस्रो खेलमा इंग्ल्यान्ड ८ रनले विजयी भएको हो ।
जितसँगै इंग्ल्यान्डले ३ खेलको टी ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा २-० ले जितेको छ ।
पाहुना टोलीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।
घरेलु टोलीका लागि मिचेल मार्शले ४५ तथा टिम डेभिडले ४० रन बनाए । मार्कस स्टोईनसले २२ तथा प्याट कमिंसले अविजित १८ रन बनाए । कप्तान आरोन फिन्चले २३ तथा म्याथ्यु बेडले अविजित १० रन बनाए ।
पाहुना टोलीका लागि साम करनले ३ तथा बेन स्टोक्स, रिच टोप्ले र डेबिड विल्लिले समान १-१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । उसका लागि डबिड मलानले ८२ तथा मोईन अलिले ४४ रन बनाएका थिए ।
कप्तान जोस बटलरले १७ तथा साम करनले ८ रन बनाए ।
अष्ट्रेलियाका लागि मार्कस स्टोईनसले ३ तथा एडम जाम्पाले २ विकेट लिए । मिचेल स्टार्क र प्याट कमिन्सले समान १-१ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो खेल शुक्रबार रहेको छ ।