एजेन्सी । इंग्ल्याण्डका विश्वकप विजेता क्रिकेटर बेन स्टोक्स 'न्युजिल्याण्डर अफ दि इयर' अवार्डका लागि मनोनित भएका छन् ।
न्युजिल्याण्डले औपचारिक रुपमा मनोनित खेलाडीको सूची सार्वजनिक गरेको छैन । तर, इंग्ल्याण्डका विश्वकप हिरो स्टोक्स अवार्डको प्रारम्भिक सूचीमा रहेको क्रिकइन्फोले जनाएको छ ।
क्रिकइन्फोले न्युजिल्याण्डको स्टुफ डटकमलाई उदृत गर्दै अवार्डका लागि स्टोक्ससँगै न्युजिल्याण्डका कप्तान केन विलियम्सन परेको जनाएको छ ।
स्टोक्स न्युजिल्याण्ड मुलका इन्ग्लिश खेलाडी हुन् । स्टोक्स क्राइसचर्चमा जन्मिएका थिए । जसको कारण उनि मनोनयनमा परेका हुन् । स्टोक्सको परिवार पछि इंग्ल्याण्ड सरेका थिए ।
स्टोक्सको उच्च प्रदर्शनले इंग्ल्याण्डले घरेलु मैदानमा गत हप्ता सम्पन्न आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । र, फाइनलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएको थियो ।
स्टोक्सले विश्वकपमा ४६५ रन बनाएका थिए । रोमान्चक फाइनलमा उनले अविजित ८५ रन बनाएका थिए । स्टोक्स फाइनलमा प्येलर अफ दि म्याच समेत बनेका थिए ।
न्युजिल्याण्डलाई योगदान दिने व्यक्तित्वलाई एस् अवार्ड दिने गरिन्छ । यस अवार्ड हरेक वर्षको फेब्रुवरीमा प्रदान गरिन्छ ।