विराटनगर । साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्तमा नेपालविरुद्व भारतले फराकिलो अग्रता बनाएको छ । विराटनगरको सहिद रंगशालामा दोस्रो हाफको खेल जारी रहदाँ भारतले ३–१ को अग्रता लिएको छ ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अन्जु तामाङले ७८ औ मिनेटमा भारतकालागि तेस्रो गोल गरेकी छिन् ।
पहिलो हाफमा १–१ को बराबरी गर्न सफल भएपनि नेपालले दोस्रो हाफमा लय बिगा¥यो ।
खेलको सुरुवातबाट नेपालले दबाब बनाएपनि अग्रता भारतले लिएको थियो ।
खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । उनले ३० यार्ड टाढाबाट हानेको प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउन सकिनन् ।
लगत्तै नेपाल सावित्रा भण्डारीको गोलमार्फत खेलमा फर्किएको थियो । खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी हुन् ।
६३ औ मिनेटमा भारतकी ग्रेस डाङ्ग्रीले गोल गर्दै भारतलाई पुन २–१ को अग्रता दिलाएकी छिन् ।