मोरङ। प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे फुटबल गोल्डकपमा ‘ए’ डिभिजन लिगका ४ र भारतको एकसहित १० टोलीले सहभागिता जनाउने भएका छन्।
पथरी-११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता जेठ १२ देखि २१ गतेसम्म हुने छ। आयोजक समिति संयोजक सुमन विकका अनुसार प्रतियोगितामा प्रथम र दोस्रो हुने टोलीलाई क्रमशः ४ र २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।
गोल्डकप सम्पन्न गर्न ४० लाख ८५ हजार अनुमानित आम्दानी र खर्च विवरणसमेत प्रस्तुत भएको छ। पथरीमा यसअघि दुई गोल्डकप र दुई पथरीशनिश्चरे नगरस्तरीय फुटबल प्रिमियर लिग भएको थियो।