काठमाडौँ। म्यानचेस्टर युनाइटेडका डिफेन्डर ह्यारी मागुइरेले इङ्लिस प्रिमियर लिगका बाँकी खेल गुमाउने भएका छन्।
युनाइटेडले मागुइरेको मांसपेशीमा चोट लागेको जानकारी दिँदै बाँकी खेल गुमाउने बताएको हो। युनाइटेडको अनुसार उनक चोट निको हुन तीन हप्ता लाग्ने छ।
यसको अर्थ उनले मे २५ मा म्यानचेस्टर सिटीविरुद्ध हुने एफए कप फाइनलका गुमाउने छन्। तर, जुन १४ देखि शुरू हुने युरोपियन च्याम्पियनसिपका लागि इङ्ल्यान्डको टोलीमा भने उपलब्ध हुनेछन्।
युनाइटेडका ल्यूक श, लिसान्द्रो मार्टिनेज, राफेल भारान, कासेमिरो र मेसन माउन्टलगायतका प्रमुख खेलाडी चोटका कारण बाहिर छन्। वेम्बलीमा हुने एफए कप फाइनलअघि युनाइटेडले अझै लिगका ४ खेल खेल्न बाँकी छ। युनाइटेडले सोमबार सेलहर्स्ट पार्कमा क्रिस्टल प्यालेसको सामना गर्नेछ।