विराटनगर । साफ च्याम्पियनसिप फुटबलको फाईनलमा नेपाल खेलमा फर्किएको छ । सुरुवातमा पछाडी परेको नेपालका लागि सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी छिन् ।
खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी हुन् । उनले गिता राईको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल रहिन् ।
खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।
सहिद रंगशालामा सुरुवातबाटै भारतविरुद्व दबाब बनाएपनि नेपालले गोल गर्न भने सकेको थिएन ।
मुख्य प्रशिक्षक हरी खड्काले सेमिफाईनलमा उतारेको टिमलाईनै फाईनल खेलमा समावेश गरेका छन् ।