काठमाडौं । ग्रिनफिल्ड र आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनफिल्डले इबीएलाई २९–२० ले पराजित गर्यो । ग्रिनफिल्डका महेश दाहालले १० अंक जोडे । रेडिअन्टले हिमालयनलाई २३–२० ले हरायो । रेडिअन्टका राज रोकाले ११ अंक जोडे ।
जुनियर ब्वाइजमै स्वर्णिमले पुष्प सदनलाई ८–४ तथा महामञ्जुश्रीले नेपाल सेन्ट्रललाई ४५–३० ले पाखा लगाए । स्वर्णिमका दीपेश शाक्यले ३ तथा महामञ्जुश्रीका शिभम लामाले ११ स्कोर गरे ।
सिनियर गल्र्समा स्वर्णिमले रुपिजलाई २४–१६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । स्वर्णिमकी प्रमिला दाहालले ८ अंक जोडिन् । सिनियर गल्र्सकै अन्य लिगमा रातो बंगलाले रेडिअन्टलाई १६–१० तथा द चाँदबागले जेसिस इन्टरनेसनललाई २७–१८ ले पन्छाए । रातो बंगलाकी नुर प्रधानले ६ तथा चाँदबागकी सुर्मा थेबेले ९ अंक बटुले ।
सिनियर ब्वाइजमा ओसिसले एरिसलाई ३४–३२, एआईएले डेनेबलाई २९–२३, रातो बंगलाले बौद्ध चिल्ड्रेन हेभेनलाई ३६–२५ र नेपाल सेन्ट्रल द एक्सेल्सियरलाई ४०–३० ले निराश पारे । ओसिसका सेदुप लामाले १९, एआईएका ओम शर्माले १६, रातो बंगलाका केभिक महर्जनले १६ र नेपाल सेन्ट्रलका सागरले १० स्कोर गरे ।