काठमाडौँ। घरेलु टोली रोमा इटालियन सिरी ‘ए’ मा युभेन्ट्ससँग बराबरीमा रोकिएको छ।
स्टेडियो ओलिम्पिको आइतबार राति सम्पन्न खेलमा रोमा पाहुना टोली युभेन्ट्ससँग १-१ गोलको बराबरीको रोकिएको हो।
बराबरीसँगै ३५ खेलबाट ६६ अंक जोडेको युभेन्टेस तेस्रो स्थानमा छ। समान खेलबाट ६० अंक जोडेको रोमा पाँचौँ स्थानमा रहेको छ।
खेलको १५औँ मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै रोमालाई शुरूआती अग्रता दिलाएका थिए। तर, ग्लेसन ब्रेमरले ३१औँ मिनेटमा गोल गर्दै रोमालाई खेलमा फर्काएका थिए।