काठमाडौं । रेडिअन्ट स्कुलको आयोजनामा सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर ब्वाइजमा २३, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले जानकारी गराए ।
सिनियर ब्वाइजमा एलआरआई, सिनियर गल्र्समा निम्स र जुनियर ब्वाइजमा महामञ्जुश्री डिफेन्डिङ च्याम्पियन हुन् । लिग कम नकआउट आधारमा भदौ १३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।