काठमाडौं । राष्ट्रिय सुटिङ प्रतियोगिता अन्तर्गत पुरुष टिम एयर पेस्तोलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो भएका छन् ।
सो स्पर्धाको महिलामा आर्मीले स्वर्ण, गण्डकीले रजत र बागमतीले कांस्य जिते ।
मिक्स टिम पेस्तोलमा लुम्बिनी पहिलो, गण्डकी दोश्रो र बागमती तेश्रो बने । मिक्स टिम राइफलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो स्थानमा रहे ।
पुरुष टिम इभेन्टको एयर राइफलमा आर्मी प्रथम, बागमती द्वितीय र सुदूरपश्चिम तृतीय भए । उक्त स्पर्धाको महिलामा आर्मी, प्रहरी र बागमतीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।
व्यक्तिगत स्पर्धाको फाइनल बुधबार हुनेछ ।