काठमाडौँ। रानीवन स्पोर्ट्स क्लबले शहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ।
एन्फा मुख्यालय सातदोबाटोमा सोमबार सम्पन्न खेलमा रानीवनले सानेपालाई १-० गोल अन्तरले पराजित गरेको हो। रानीवनको जितमा विष्णु चौधरीले निर्णायक गोल गरे।
उनले खेलको ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। जितसँगै ६ खेलबाट ६ अंक जोडेको रानीवन १३औँ स्थानमा उक्लिएको छ। पराजित सानेपा समान खेलबाट ७ अंक जोड्दै १०औँ स्थानमा छ।