पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी कबड्डीमा महिला तथा पुरुष लिग चरणका ६÷६ खेल सम्पन्न भएका छन् ।
मंगलबार भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेश, त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लब विजयी भएका छन् ।
यस्तै महिलातर्फ कर्णाली प्रदेश, त्रिभूवन आर्मी क्लब, नेपाली प्रहरी क्लब , सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश र बाग्मती प्रदेश विजयी भए ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बाग्मती प्रदेशले मधेश प्रदेशलाई ४९ – ३० पोइन्टले पराजित गर्दा दोस्रो खेलमा त्रिभूवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६२ – १३ पोइन्टले पराजित गर्दै विजयी भयो । तेस्रो खेलमा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरी बललाई ५३ – २६ पोइन्टले पराजित गर्दा चौंथो खेलमा प्रदेश नम्वर १ ले कर्णाली प्रदेश माथि ५५ – २७ पोइन्टले पाखा लगायो । पाँचौ खेलमा सुदुर पश्चिमले बाग्मती प्रदेशलाई ४५– ३६ पोइन्टले पाखा लगाउँदा अन्तिम खेलमा नेपाल प्रहरी क्लवले गण्डकी प्रदेशलाई ५८–५४ पोइन्टले पराजित गर्दै जित दर्ता गर्यो ।
महिलातर्फ कर्णाली प्रदेशले प्रदेश नम्वर १ लाई ३७–३० पोइन्टले, त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ४७ –१३ पोइन्टले, नेपाल प्रहरी क्लवले लुम्बिनी प्रदेशलाई ५५–१० पोइन्टले पराजित गर्दा सशस्त्र प्रहरी बलले मधेश प्रदेशलाई ६७–१९ पोइन्टले, गण्डकी प्रदेशले प्रदेश नम्वर १ लाई ४७–२५ पोइन्टले र अन्तिम प्रतिस्पर्धामा बाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई २९–२७ पोइन्टले पराजित गर्दै विजयी भएका हुन् ।
प्रतियोगिता अन्तर्गत बुधबार बाँकी रहेका लिग चरणका अन्तिम खेलसहित सेमिफाइनल चरणका स्पर्धाहरु सञ्चालन हुने छन् ।
जसमा लिग चरण अन्तर्गत महिलातर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरी बल अन्तिम प्रतिस्पर्धा नेपाल प्रहरी क्लब र गण्डकीबीच सञ्चालन गरिने छ ।
यस्तै, पुरुषतर्फ मधेश प्रदेश र सशस्त्र प्रहरी बल, त्रिभूवन आर्मी क्लब र प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच लिग चरणको अन्तिम खेल सञ्चालन गरिने छ ।
लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा गण्डकी प्रदेश सहित सात प्रदेश, तीन विभागिय त्रिभूवन आर्मी क्लब, सशस्त्र प्रहरी वल र नेपाल प्रहरी गरी १० समूहका महिला तथा पुरुष गरि २० टिमको सहभागिता छ ।