पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार सफ्ट टेनिसतर्फ मिक्स डबल्स सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्तर्गत वागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीले नेपाल पुलीसका कमल भण्डारी र विष्णा भण्डारीको जोडीलाई ५–३ को सेटमा पराजित गरी वागमतीले स्वर्ण पदक दावीको यात्रा तय गरेको छ ।
त्यस्तै प्रदेश नं. १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले एपिएफका हरकसिंह धार्मी र भगवती विकको जोडीलाई ५–२ को सेटमा पराजित गरी फाइनल यात्रा तय गरेको छ ।यि टोली बीच बुधवार विहान ८ बजे उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।
यसअघि आज नै सफ्ट टेनिस डबल्स तर्फको दुई स्वर्ण विभागिय टोली नेपाल प्रहरी र एपिएफले बाँडेका छन् । पुरुषतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् ।
बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडी संयुक्त तेश्रो भए ।
यस्तै महिला तर्फ एपिएफले स्वर्ण जितेको छ । एपिएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडीले एपिएफलाई स्वर्ण दिलाएका हुन् । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् । प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल पुलीसका विष्णा भण्डारी र सिसम चन्दको जोडीले संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे ।
यसअघि प्रतियोगिता अन्तर्गत महिला पुरुष सिंगल्स तर्फका खेलहरु सम्पन्न भइसकेका छन् भने टिम इभेन्ट पुरुषका खेलहरु बुधवारबाट सुरु हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।