पोखरा । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।
आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेमजनले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको २९ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-० को जित दिलाए ।
जितसँगै आर्मी २ खेलबाट ६ अंक बटुल्दै समूह सी को शीर्ष स्थानमा रहेको छ ।
आर्मी सेमिफाइनलमा पुग्दा साविक उपविजेता पुलिस र लुम्बिनी समूह चरणबाट बाहिरिएका छन् ।
पुलिसले अन्तिम खेलमा लुम्बिनीसँग सान्त्वना जितको लागि खेल्नेछ ।