काठमाडौं । किसिपिडी बुदोकैदो शाखाको आयोजनामा १६ औं राष्ट्रव्यापी बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
पुरुषमा १० र महिलामा ३ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका प्रमुख वीरकृष्ण महर्जनले जनाएका छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु किसिपिडीमा हुने छ ।