काठमाडौँ। ओपनर सुनील नारायणको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनाउ सुपर जायन्ट्सलाई २३६ रनको लक्ष्य दिएको छ।
भारत रत्न श्री अटल बिहारी वाजपेयी इकाना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनाएको हो।
कोलकाता सुनीलले सर्वाधिक ८१ रन बनाए। ३९ बल खेलेका उनले ६ चौका र ७ छक्का प्रहार गरे।अंगकृष रघुवंशी ३२, फिल साल्ट ३२, कप्तान श्रेयस अय्यर २३ र आन्द्रे रसल १२ रनमा आउट हुँदा रमनदीप सिंह २५ र वेंकटेश अय्यर १ रनमा अविजित रहे।
लखनाउका नवीन उल हकले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिए। यश ठाकुर, रवि बिश्नोई र युद्धवीर सिंह चरकको नाममा १/१ विकेट रह्यो