विरानगर । साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्वको खेलको दोस्रो हाफमा खेलाडी परिवर्तन गरेको छ ।
मुख्य प्रशिक्षक हरी खड्काले कप्तान निरु थापाको स्थानमा आक्रमक मिडफिल्डर अनिता केसीलाई मैदान पठाएका छन् ।
७१ औ मिनेटमा अनिता केसी मैदान प्रवेश गरेकी छिन् ।
मुख्य प्रशिक्षक हरी खड्काले नेपालको आक्रमणको जिम्मेवारी सावित्रा भण्डारी र कप्तान निरु थापालाई दिएका थिए ।
समुह विजेता बन्ने लक्ष्य सहित मैदान प्रवेश गरेको नेपालले बंगलादेशविरुद्व आक्रमक फुटबल पस्किएको छ । दोस्रो हाफको खेल जारी रहदाँ नेपालले ३–० को अग्रता लिएको छ ।