विराटनगर । साफ च्याम्पियनसिपमा नेपालकी सावित्रा भण्डारी पुन चम्किएकी छिन् । समुह चरणको दोस्रो खेलमा उनले बंगलादेशविरुद्व पहिलो हाफमा गोल गर्दै एक गाेलकाे अवसर समेत सिर्जना गरेकी छिन् ।
खेलको २३ औ मिनेटमा बाँया भागबाट बल अघि बढाउँदै गोलकिपरलाई समेत छलाउँदै उनले गोल गरेकी थिइन्। लगत्तै २८ औं मिनेटमा उनैकाे पासमा मञ्जली कुमारी याेञ्जनले गाेल गर्दै नेपाललाई ३-० काे अग्रता दिलाएकी छिन् ।
बंगलादेशविरुद्व नेपालले अक्रमक फुटबल पस्किएको छ र निरन्तर दबाब बढाएको छ ।
नेपालले आत्मघाति गोलबाट अग्रता लिएको थियो । खेलको छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको गोलमा नेपालले अग्रता बनाएको हो ।
खेलको छैटौ मिनेटमा नेपाली सावित्रा भण्डारी वान भर्सेस वानमा गोल गर्न चुकेकी थिईन् । निरु थापाको लामो पासमा मैदानको मध्यभागबाट बल अघि बढाएकी उनले बल प्रहार गर्न सकिनन् ।
नेपाल र बंगलादेश समुह विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।