विराटनगर । आत्मघाति गोलमा नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्वको खेलमा अग्रता लिएको छ ।
सहिद रंगशालामा खेलको छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको गोलमा नेपालले अग्रता बनाएको हो ।
नेपाल र बंगलादेश समुह विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।
मुख्य प्रशिक्षक हरी खड्काले टिममा एक परिवर्तन गरेका छन् । डिफेन्समा अमृता जैशीको ठाउँमा पुनम जर्घामगरलाई मुख्य प्रशिक्षक खड्काले समावेश गरेका छन् ।
नेपालको आक्रमण लाईन भने सावित्रा भण्डारी र निरु थापाले समाल्नेछन् ।
नेपालको डिफेन्समा पुनमसंगै हिरा भुजेल, गिता राना र मनमाया लिम्बु छन् ।
गोलकिपरमा सदाबहार एन्जिला तुम्बाप्पे छिन् ।
मिडफिल्डमा मञ्जली योञ्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत छिन् ।
नेपालले पहिलाे खेलमा भुटानविरुद्द खेलेकाे थियाे । साे खेल नेपालले ३-० ले जितेकाे थियाे ।
समुह एमा नेपाल र बंगलादेशकाे समान ३ अंक रहेको छ । आजको खेलको विजेता टोली समुह एबाट समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गर्नेछ ।