विराटनगर । साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । विराटनगरको सहिद रंगशालामा समुह एको अन्तिम खेल अन्तर्गत दुवै टोली मैदान उत्रिएका हुन् ।
दुवै टोलीले समुह विजेता बन्ने लक्ष्य राखेका छन् । एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल पुगेका दुवै टोलीको नजर समुह विजेता बन्नुमा छ ।
समुह एबाट नेपाल र बंगलादेशले समान ३ अंक जोडेका छन् । समुह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ३–० ले हराएको थियो । बंगलादेशले भुटानलाई २–० ले पराजित गरेको थियो ।
मुख्य प्रशिक्षक हरी खड्काले बंगलादेशविरुद्वको खेलमा एक खेलाडी परिवर्तन गरेका छन् । डिफेन्समा अमृता जैशीको ठाउँमा पुनम जर्घामगरलाई मुख्य प्रशिक्षक खड्काले समावेश गरेका छन् ।
नेपालको आक्रमण लाईन भने सावित्रा भण्डारी र निरु थापाले समाल्नेछन् ।
नेपालको डिफेन्समा पुनमसंगै हिरा भुजेल, गिता राना र मनमाया लिम्बु छन् । गोलकिपरमा सदाबहार एन्जिला तुम्बाप्पे छिन् ।
मिडफिल्डमा मञ्जली योञ्जन, रेनुका नगरकोटी, दिपा राई र अमृता बस्नेत छिन् ।