पोखरां । १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा अहिले दुई चिरपरिचित प्रतिद्वन्दी रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र आर्मीले १-१ गोलको बराबरी खेलेका छन् । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मीले पहिलो हाफमा थ्री स्टारसंग बराबरी खेलेको हो ।
खेलको पाँचौ मिनेटमा टेक बहादुर बुढाथोकीले हेडमार्फत गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा रञ्जित धिमालले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई १-१ गोलको बराबरी ल्याए ।
अनन्त तामाङको क्रसमा आर्मीका दिपक गुरुङले ह्याण्ड बल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।
थ्री स्टार पाँचौ पटक उपाधि जित्ने अभियानमा छ । विभागीय टिम आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन ।