लामोसाँघु। चौतारा स्पोर्टिङ क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा विजयी शुरूआत गरेको छ।
लामोसाँघुस्थित वसन्तपुर खेलमा बुधबार भएको उद्घाटन खेलमा चौताराले साँगाचोक यूथ क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
चौताराको जितमा सागर तामाङ, सुरेश रायमाझी, प्रकाश खत्री र कप्तान भीमबहादुर गुरुङले १/१ गोल गरे। यता, साँगाचोकका लागि राहुल नेपाल र दावा तामाङले गरेको गोल सान्त्वना बन्यो।
पहिलो हाफमा ३-२ को अग्रता बनाएको चौताराले दोस्रो हाफमा एक गोल थप्न सफल भयो। जितसँगै समूह ‘ए’ मा रहेको चौताराले ३ अंक जोडेको छ। साँगाचोकले भने पराजयबाट प्रतियोगिताको शुरूआत गरेको छ।