काठमाडौँ। उपाधि होडमा रहेको लिभरपुल इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग पराजित भएको छ।
एनफिल्डमा आइतबार सम्पन्न खेलमा लिभरपुल पाहुना टोली क्रिस्टल प्यालेससँग १-० गोल अन्तरले पराजित भएको हो।
क्रिस्टललाई जित दिलाउन इबेरेची इजेले गरेको गोल निर्णायक बन्यो। खेलको १४औँ मिनेटमा उनले गोल गरेका थिए।
पराजयसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। ३२ खेलबाट ७१ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ। विजयी क्रिस्टल समान खेलबाट ३३ अंक जोडेर १४औँ स्थानमा छ।